अभिनेता दीपकराज गिरीले महानायक विवादमा छक्का पन्जा व्रान्डमाथि प्रहार भएको बताएका छन् । उनले, अभिनेता राजेश हमाललाई महानायक होइनन् भनेर भन्ने अधिकार आफूहरुलाई नभएको पनि बताएका छन् । तर, यसो भन्दै गर्दा छक्का पन्जाको ब्रान्ड माथि फेक आइडी बनाएर प्रहार भएको दीपकको तर्क छ ।

दीपकले एउटा राजेश हमालको ब्रान्ड र अर्को छक्का पन्जाको ब्रान्डको कुरा गर्दै यो दुइ ब्रान्डको कुरा भएको पनि बताएका छन् । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बोल्दा गल्ती गरेको भन्दै दीपकले फेक आइडीबाट गाली गरेको बिषयमा साइबर क्राइममा जाने पनि बताएका छन् । उनले, फेक आइडीबाट पैसा आउँछ भन्दै साइबर बुलिङ भएको पनि उल्लेख गरेका छन् ।

दीपकले अहिले नेपाली फिल्मप्रति देखिएको चासो अरु बेलामा पनि देखिएको भए नेपाली सिनेमाको अवस्था यस्तो हुने थिएन पनि भनेका छन् ।

For More videos Log on to Mazzako TV