कलाकार केदार घिमिरेले छ माया छपक्कै सिनेमाको ट्रेलर रिलिज हुने वित्तिकै १२ सय प्रतिक्रिया सुरुवाती रुपमा नराम्रो आएको र यसले आफूलाई झन्डै दोश्रो पटक डिप्रेशनमा लगेको बताएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले कलाकार दीपाश्री निरौलालाई तथानाम गाली नगर्न अपिल गरेका छन् ।

उनले, दीपाश्री बोल्दा चिप्लिएको र यसमा उनले माफि पनि मागिसकेकाले गाली नगर्न अपिल गरेका हुन् । माग्नेले आफ्नो तर्फबाट पनि अभिनेता राजेश हमालसँग माफि मागेका छन् । तर, दीपाश्री मनको सफा भएको र सामाजिक काममा पनि व्यस्त भएको भन्दै उनले बच्चाले साग कुल्चियो भनेर खुट्टा भाँच्नु राम्रो होइन समेत भनेका छन् ।

केदारले आफू नभए छक्का पन्जा टिम कमजोर हुने भनेर आएका अभिव्यक्तिमा स्पष्टिकरण दिदै सबै मिलेर एउटा राम्रो सिनेमा बनाउन लागिपरेको पनि बताएका छन् ।

For More videos Log on to Mazzako TV