अभिनेत्री दीपाश्री निरौलाले राजेश हमाल महानायक हो र भन्ने प्रश्न गरेपछि विवादमा फसिन् । दीपाको विवाद अझै पनि सकिएको छैन । तर, यो बिचमा निर्देशक तथा कलाकार दीपकराज गिरी नै यो विवादमा मुछिएका छन् ।

धेरै फेसबुक प्रयोगकर्ताहरुले दीपकलाई नै महानायक भनेर पनि लेखिरहेका छन् । दीपाश्रीले दीपकलाई महानायक भन्न खोजेकी हुन् भनेर दीपकको आलोचना गर्ने क्रम पनि बढेको छ ।
तर, अभिनेता दीपकराज गिरीले अभिनेता राजेश हमाललाई महानायक भनेर केही बर्ष पहिले नै सम्बोधन गरिसकेका थिए ।

सिनेमा छक्का पन्जा रिलिज भैरहेको समयमा राजेश हमाल सिनेमा हेर्न पुगेका थिए । छक्का पन्जा रिलिज भएको ७० औं दिनमा राजेश सिनेमा हेर्न बीग मुभिज पुगेका थिए । सोही समयमा दीपकले महानायक राजेश हमालले सिनेमा हेरेको भन्दै स्टाटस कोरेका थिए ।

यसैले पनि दीपकलाई महानायकको विवादमा तान्नु उपयुक्त नहुने भन्दै अहिले सामाजिक संजालमा उनको पुरानो स्टाटस भाइरल भैरहेको छ ।

For More videos Log on to Mazzako TV