गायक श्याम शितल र गायिका मेलिना राईको स्वरमा रिलिज भएको ‘शिरमा शिरफूल’ बोलको गीतलाई दर्शकहरुले मज्जाको प्रतिक्रिया दिएका छन् । एटके एभरेष्ट मोसन पिक्चरर्स युट्युव च्यानलबाट सार्वजनिक भएको गीत एक सातापछि ट्रेण्डिङमा समेत परेको छ । यो समाचार तयार गर्दैगर्दा ६ लाख १० हजार बढि दर्शकले हेरिसकेका छन् । श्याम शितलकै शब्द संगीतमा रहेको गीतको भिडियोको निर्माता भने मनोज बस्नेत हुन् ।

नायक नाजिर हुसेन र मोडल एलिशा राईलाई प्रस्तुत गरिएको भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका हुन् । गीतको भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ । नविन निरौलाको सम्पादन तथा रंगसंयोजन रहेको गीतको भिडियोमा नाजिर र एलिशा राईको साथमा सुबास श्रेष्ठ र एलिना ठकुरीलाई पनि फिचर गरिएको छ ।

For More videos Log on to Mazzako TV