अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले सामाजिक संजालमा भिडियो सार्वजनिक गर्दै सिने क्षेत्रमा हुने गरेको ह्यारेसमेन्टको बिषयमा बोलिन् । साम्राज्ञीले आफूले काम गरेका सिनेमामध्ये ३ वटा सिनेमामा सबैभन्दा बढी दुख पाएको पनि बताइन् ।

आखिर, साम्राज्ञीले दुख पाएका ३ सिनेमा कुन कुन होलान् ? यो त उनले केही पनि बोलेकी छैनन् । साम्राज्ञीले सिनेमा ड्रिम्सबाट करिअर सुरु गरेकी हुन् । यसपछि उनले ए मेरो हजुर २, कायरा, इन्टु मिन्टु लण्डनमा, तिमी सँग, मारुनी, रातो टिका निधारमा लगायतका सिनेमामा काम गरेकी छिन् ।

साम्राज्ञीले डेब्यू सिनेमामा आफूलाई हेपिएको भनाई केही समय अगाडि नै सार्वजनिक गरेकी थिइन् । उनको सम्बन्ध निर्देशक झरना थापा, रेनशा वान्तवा राइसँग पनि सुखद बन्न सकेन ।

For More videos Log on to Mazzako TV