छोटो फिल्म ‘ज्यान जानी पिरिम’ सार्वजनिक भएको छ । नारायणी फिल्म्सको ब्यानरमा बनेको फिल्म शनिबार युट्युबमा सार्वजनिक भएको हो ।

सार्वजनिक उक्त छोटो फिल्ममा माया प्रेम र बिछोडको कथा उठाइएको छ । आदित्य ढुंगानाको कथा रहेको फिल्ममा अमिर बरालको निर्देशन रहेको छ । फिल्ममा दीपक अधिकारी, सन्जु पाठक, सचितराज सेढाई, लक्ष्मण नेपाल लगायतको अभिनय रहेको छ ।

रवि कोइरालाको सिनेमाटोग्राफी रहेको फिल्ममा सुजन सुवेदीको सम्पादन रहेको छ । फिल्मको दोस्रो भाग पनि छिट्टै आउने निर्देशक बरालले बताए ।

For More videos Log on to Mazzako TV