निकै महंगो बजेटमा बनेको सिनेमा हो, प्रेमगीत ३ । निर्माता सन्तोष सेनको महंगो बजेट लागेको यो फिल्मलाई यो बर्षको अन्त्यमा रिलिज गर्ने निर्माताले बताएका छन् । तर, यो बर्षको अन्त्य सम्म माहोल के हुन्छ भन्न सकिने अवस्था छैन । अहिले, हल खोलेपछि सिनेमा हलमा के चलाउने भन्ने बहस सुरु भएको छ ।

निर्माता र हलले मिलेर यो संकटलाई हल गर्नुपर्ने बहस पनि भैरहेको छ । निर्माण भैसकेका सिनेमाका निर्माताले फिल्म चलाउन उत्साह देखाउनुपर्ने तर्क पनि अगाडि नसरेका होइनन् । तर, प्रेमगीत ३ का निर्माता सेन सामाजिक दुरी कायम गरे, कम अकुपेन्सीमा सिनेमा चलाएर कसरी लगानी उठाउन सकिन्छ भनेर प्रश्न गर्छन् ।

अहिले नै हलमा दर्शक आउन सक्ने अवस्था छैन । यसैले पनि दर्शक पूर्ण रुपमा हलमा आउन थालेपछि मात्र सन्तोष सिनेमा चलाउने तयारीमा छन् ।

For More videos Log on to Mazzako TV