योजनाको जन्मदिनमा सांगितिक केक
गायिका योजना पुरीले बैशाख २५ गते विहिबार आफ्नो जन्मदिन बेग्लै किसिमले मनाईन । न त उनले भौतिक केक काटिन, न त साथीसंगी बोलाएर भोज भतेर नै गरिन । काटिन् त केबल सांगीतिक केक । उनको जन्मदिनमा नेपाली संगीत बजारको बिगतदेखि बर्तमान सम्मका उतारचढाबहरुलाई नियाल्ने प्रयास गरियो । उनी आफैले आयोजना गरेको ‘नेपाली गीत संगीत, हिजो आज र भोली’ नामक अन्तरक्रिया कार्यक्रममा नेपाली संगीत क्षेत्रका केही दिग्गज ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
‘पछिल्लो समयमा संगीत बजारमा भित्रिएको विकृतिका बिषयमा हामी सबै एकजुट हुनुपर्छ भन्नका लागि पनि यो कार्यक्रमको आयोजना गरिएको हो’, गायिका पुरीको यस्तो प्रतिक्रया दिन्छिन् । सांगितिक कुरा सुनेर र सुनाएर जन्मदिन मनाएकी पुरीले आजबाट कति बर्ष पुग्नु भयो त ? भन्ने जिज्ञासामा भने मुस्कुराउदै भनिन् अझै पनि टिन एज मै छु जस्तो देखिन्न र ?
केही समय अघि उनले ‘मनै त हो’ नामक एल्बम बजारमा लिएर आएकी थिईन । ‘नयाँ एल्बमको तयारी पनि भई रहेको छ’ पुरी भन्छिन, ‘बिस्तारै बिस्तारै सांगितीक कामहरु मै ब्यस्त बन्न थालेकी छु खुशी लाग्छ , त्यही भएर पनि जन्मदिन सागिीतक माहोलमा मनाएकी हुँ ।’
अन्तरक्रिया कार्यक्रममा डा.कृष्णहरि बराल, बुलु मुकारुङ्ग, लोचन भट्टराई, राम सिटौला लगायतले नेपाली गीत संगीत क्षेत्रमा देखिएका उतारचढाबहरुका बारेमा आफ्नो धारणा राखेका थिए । नेपाली संगीतलाई विश्वस्तरमा पु¥याउन हामी अझै स्तरिय संगीत सृजनामा लग्नुपर्नेमा बक्ताहरुले जोड दिएका थिए ।
For More videos Log on to Mazzako TV