टिकटकमा हिट रहेकी अकेशा पोख्रेलको अभिनयमा म्युजिक भिडियो सार्वजनिक भएको छ । अकेशाको ‘नाम मेरो लाली’ बोलको बालगीत सार्वजनिक भएको हो । गीतकार अम्बिका गुरुङको शब्द रहेको गीतमा रबिना बसेलको स्वर छ । साथै राजन कार्कीको संगीत तथा एरेन्ज गरेका छन् ।

त्रिशा केसीको निर्देशनमा बनेको उक्त गीतमा संदेश शर्माको छायांकन तथा प्रवेश सिंहको सम्पादन छ । उक्त गीत ’नाम मेरो लाली’ लाई भाव सागर क्रियशनको अफिसियल युटुब च्यानलबाट हेर्न सकिन्छ । गीतकार अम्बिका गुरुङ्गका यसअघि थुप्रै हिट गीतहरु बजारमा आइसकेका छन् ।

For More videos Log on to Mazzako TV