कोभिड १९ को मारमा सिनेमा बनाउने निर्मातादेखि हलवाला परेका छन् । उनीहरुले सबैभन्दा धेरै रकम कमाउने ठूला चाडमा समेत हल बन्द गर्नु परेको छ भने निर्माताले सिनेमा चलाउन पाएका छैनन् । यो बर्षको नयाँ बर्षमा सिनेमा रिलिज हुन पाएन ।

अब, तीज, दशैं जस्ता चाडमा पनि सिनेमा रिलिज नहुने देखिएको छ । ए मेरो हजुर ४ का निर्माता सुनिल कुमार थापा सिनेमा नै तयार हुन नसक्ने बताइरहेका छन् । किनकी, ३० प्रतिशत मात्र छायांकन सकिएको यो सिनेमाको बाँकी छायांकन कहिलेबाट सुरु हुन्छ पक्का छैन ।

दशैसम्म हल खुल्न सक्ने अवस्था पनि कम देखिएको छ । हल खुलिहाले पनि दर्शक हलसम्म आउने वातावरण नै नबन्ने देखिएको छ । यसैले पनि यो बर्षको दशै पनि निर्माताका लागि नयाँ बर्ष जस्तै खल्लो हुने पक्का छ ।

For More videos Log on to Mazzako TV