लोकप्रिय संगीतकार बसन्त सापकोटाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘छायाँ वरको’ बोलको गीतको म्युजिक भिडियो बसन्त सापकोटाको अफिसियल युटुब च्यानलमा सार्वजनिक गरिएको हो । गीतमा संगीतकार सापकोटासंगै समिक्षा अधिकारीको स्वर सुन्न सकिन्छ । गीतको शब्द पनि संगीतकार स्ययमंले लेखेका हुन् । देवेन्द्र नेवा गीतका एरेन्जर हुन् ।

भिडियोमा गायिका समिक्षा अधिकारी र अर्जुन गौतमको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । सन्तोष राज बहकले कोरियोग्राफी गरेको भिडियोका निर्देशक पनि ज्ञानेन्द्र शर्मानै हुन् ।

संगीतकार बसन्त सापकोटा नेपाली सिनेमा क्षेत्रका निकै चर्चित संगीतकार हुन् । उनले नेपाली फिल्ममा प्राश्व संगीत दिएका सयौँ हिट गीतहरु छन् । पछिल्लो समय संगीतकार सापकोटाले आवाज दिएका गीतहरु पनि दर्शक श्रोतामाझ लोकप्रिय छन् ।

For More videos Log on to Mazzako TV