‘ए है माया’… बोलको गीतको म्युजिक भिडियो युटुब ट्रेन्डिङको शिर्ष स्थानमा आएको छ । पल शाह, सागर लम्साल (बले), रियाशा दाहाल र टिकटकका हिट जोडी सुधिर श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो ट्रेन्डिङको शिर्ष स्थानमा आएको हो । यो समाचार तयार पार्दा सम्ममा १६ लाख १५ हजार भन्दा बढी पटक हेरिएको छ ।

दिपक शर्माको संगीत, श्यामस्वेत रसाइलीले एरेन्ज रहेको गीतमा मेलिना राई र सरोज ओलीको स्वर छ । गीतको शब्द गायक ओली आफैले लेखेका हुन् भने भिडियो निर्देशन पनि उनी आफैंले गरेका छन् । विक्रम स्वारको कन्सेप्ट र कोरियोग्राफीमा निर्माण भएको म्युजिक भिडियो नवराज उप्रेतिले खिचेका हुन्।

भिडियोमा क्वारेन्टाइनमा रहेकी युवतिप्रतिको मायालाई देखाइएको छ । भिडियोले कोरोना संक्रमणपछि एक्लोपनको महसुस हुन नदिन मनोरञ्जनसँगै माया, प्रेम र सहयोगको आवश्यकता पर्ने भएकाले सोही अनुसार व्यवहार गर्नु पर्ने सन्देश प्रदान गरेको छ ।

For More videos Log on to Mazzako TV