सारा विश्व यतिबेला कोभिड १९ का कारण ठप्प छ । नेपालमा पनि कोरोनासंगै सरकारले गरेको लकडाउनका कारण केहि कामहरु नभैरहेको अबस्थामा बिस्तारै लकडाउन खुकुलो पारिएको छ । अब लकडाउन खुले संगै सुस्ताएको नेपाली चलचित्र क्षेत्र पनि चलायमान हुनेछ ।

थुप्रै चलचित्र निर्माताहरु छायाँकनमा जान तयारीमा छन् । निर्देशक दिनेश पौडेल पनि लकडाउन सकिना साथ चलचित्र छायाँकन गर्ने तयारीमा लागेका छन् । ‘द मस्ट वान्टेड’ चलचित्र बाट नेपाली चलचित्र निर्देशन यात्रा सुरु गरेका पौडेलको नयाँ चलचित्रको नाम ‘कालुराम’ रहेको छ । चलचित्रको लागि पौडेलले स्क्रिप्ट तयार गरेका छन् र तिन वटा गीतको रेकर्डिङ्ग सकाएका छन् ।

चलचित्रमा काम गर्ने केहि कलाकार फाइनल भैसकेका छन् भने केहिको खोजि कार्य भैरहेको निर्देशक पौडेलले बताए । कमला ढकालले निर्माण गर्ने चलचित्र समसामयिक प्रेम कथामा बन्ने छ ।

For More videos Log on to Mazzako TV