प्रेम गीत ३’ गतबर्षको बहुप्रतिक्षित फिल्म हो । गतचैत्र २८ मा प्रदर्शनको तयारी गसरएको फिल्म कोरोनाको त्रासमा नेपाल सरकारले गरेको लकडाउनका कारण सो मितिमा रिलिज हुन भने सकेन । अब फिल्म यस वर्षको चैतमा प्रदर्शन हुनेछ । निर्माता निर्देशक सन्तोष सेन ‘प्रेम गीत ३’ आगामी चैत्रमा रिलिज गर्ने सोचमा पुगेका छन् ।

फिल्म निर्माणमा धेरै सयम लगाए जस्तै प्रमोसनमा समेत समय खर्चिएर फिल्म १० महिना पछि सार्वजनिक बताइएको छ । फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रम पुरी, लक्ष्मी वर्देवा लगायतको अभिनय छ । फिल्मलाई सेन र छेतेन गुरुङको संयुक्त रुपमा निर्देशन गेराका हुन् ।

आशुसेन फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको फिल्ममा कल्याण सिंह, एलिस कार्कीको संगीत, हिमाल केसीको द्धन्द्ध, कविराज गहतराजको नृत्य तथा बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

For More videos Log on to Mazzako TV