निर्देशक तथा कलाकार निर्मल शर्मा निर्देशित नयाँ गीतको म्यजिक भिडियो सार्वजनिक भएको छ । ‘एउटा सपना’ बोलको गीतको भिडियो हालै सार्वजनिक गरिएको छ । गीतमा उत्सव कान्त मैनालीको स्वर र रमेश सुबेदीको शब्द रहेको छ । रोशन राज गुरुङले संगीत गरेको गीतमा कुमार थापाको संगीत संयोजन रहेको छ ।

भिडियोमा गायक मैनालीको साथमा रजनी केसी र अशिम पौडेल रहेका छन् । भिडियो निर्देशन निर्मल शर्मासंगै कमलले गरेका हुन् । भिडियोको सम्पादन गौतम राज खड्का र छायांकन राजु केसीको रहेको छ । हेर्नुहोस् भिडियो :

For More videos Log on to Mazzako TV