फिल्म ‘चिनी कम रंग कडा’ को लिरिकल भिडियो सार्बजनिक गरिएको छ । ‘सुगन्धि चक्षुले’ बोलको गीतको लिरिकल भिडियो सार्बजनिक गरिएको हो । मानव सुबेदी र सुशील सुबेदीको शब्द रहेको गीतमा मानवकै संगीत तथा स्वर रहेको छ । फिल्मका निर्देशक विबेक घिमिरे हुन् ।

गणेशदेव पाण्डेको निर्माण तथा लेखन रहेको फिल्मलाई ओटिटि प्लेटफर्म मार्फत रिलिज गर्ने तयारी गरिएको छ । यसअघि फिल्मको टिजर सार्बजनिक भैसकेको छ ।

फिल्ममा मानव सुबेदी, सुशील सिटौला, अनु थापा, सुर्य थापा, रबिन जंग थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायत कलाकारहरुको अभिनय छ । फिल्ममा याकोपो राचलिक र लुक मौसेरीको छायांकन, मानव सुबेदीको पार्श्व संगीत र कृष्ण भण्डारीको सम्पादन रहेको छ ।

For More videos Log on to Mazzako TV