गायक समिर लिम्बुको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नौ डाँडै काटी’ बोलको गीत मंगलबार समिर लिम्बुको अफिसिय युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । सन्दा निकै मिठो रहेको गीतको शब्द र संगीत मबिन्द्र राइको छ । महाराज थापा गीतका एरेन्जर हुन् ।

भिडियोमा बिजु पार्की र कबिता नेपालीको अभिनय छ । त्यस्तै बाल कलाकारमा एलिश खनाल र पूजा थापाले साथ दिएका छन् । भिडियोको कोरियोग्राफी तथा निर्देशन बिजु पार्कीकै छ । उत्सब दाहालले खिचेको भिडियोलाई बिकाश दाहालले सम्पादन र रंग संयोजन गरेका छन् ।

पछिल्लो समय गायक समिरका गीत हिट भैरहेका छन् । भने मज्जाको प्रतिक्रिया पनि पाइरहेका छन् । उनका कभर गीतहरु पनि युवा पुस्तामा चर्चित छन् । भिडियो हेर्नुस्

For More videos Log on to Mazzako TV