आलिया जोक्स फेसबुकमा, चर्चा छ बलिउडमा
सोसियल नेट्वर्किङ्ग साइटमा कुनै पनि सेलिब्रेटीको बारेमा जोक्स बनाउनु वा खिल्ली उड्नु अहिले समान्य भईसकेको छ । सेलिब्रेटीका कुनै नयाँ र रोचक प्रसंगलाई लिएर सामाजिक सञ्जालमा यस्ता कुराहरु चाडो आउने गरेका छन् ।
कहिले सेलिब्रेटीहरुको तस्बिरलाई छेडछाड गरेर फन्नी रुपमा प्रस्तुत हुन्छ त कहिले उनिहरुको बानीलाइ टार्गेट गरेर जोक्सको रुपमा आउने गर्छ ।
नेपालमा राजेश हमाल र ऋषि धमला जोक्स हिट भएझै बलिउडमा भने यतिबेला आलिया जोक्स हिट भईरकेको छ । आलोकनाथ, नील नितिन मुकेश, आदित्य चोपडा, रानी मुखर्जी र टाइगर श्राफको पनि फेसबुकमा निकै जोक्सहरु बनाईयो । तर सबैलाई यतिबेला आलियाले पछि पारेकी छिन् ।
सामान्य ज्ञानमा निकै नै कमजोर रहेकी आलियाको धेरै जोक्स बनेर फेसबुकमा शेयर हुन थालेको छ । परिणीति चोपडा को साथ चर्चित कार्यक्रम ‘कफि विथ करण’मा जादाँ उनलाई सोधिएको एक प्रश्नमा उनि मुस्कान मात्र दिएर मौन रहेकी थिइन् । प्रस्तोताले आलियालाई बी.जे.पी को फुल फर्म सोधेका थिए । आलियाको जवाफ आउन सकेन,तर परिणीतिको तर्फबाट भने सहि जवाफ आएको थियो ।
उनको मजाक यहि मात्र टुङगिएन । जब दोस्रो पल्ट सोहि कार्यक्रममा उनी बरुण धवन सँग पुगिन त्यो बेला पनि उनले सामान्य प्रश्नको पनि जवाफ दिन सकिनन् । प्रस्तोताले भारतको राष्ट्रपतिको नाम् सोध्दा महाराष्ट्रका मुख्यमंत्री पृथ्वीराज चौहानको नाम लिएकी थिइन् । जबकी सहि उत्तर थियो मनमोहन सिंह । तर उनी सँगै कार्यक्रममा गएका नायक बरुण धवनले भने सही जवाफ दिएका थिए ।
आलियालाई लिएर फेसबुकमा आएका केही तस्वीरहरु यस्ता छन् ।