के कुनै पनि कलाकारलाई सामाजिक संजालमा पछ्याउनेको आधारमै स्टार र उसको क्रेज राम्रो छ भनेर विश्लेषण गर्न सकिएला त ? विश्लेषण यसरी गर्ने हो भने कलाकारको सिनेमाले गर्ने व्यापार र दर्शकले उनीहरुलाई हलसम्म पछ्याउने अवस्थालाई पनि हेर्नुपर्छ कि पर्दैन । नेपाली सिनेमाका कलाकारको इन्स्टाग्राम क्रेज कस्तो छ भनेर त भनिरहन पर्दैन । तर, यो सामाजिक संजालमा नेपाली कलाकारको क्रेज बढ्दै जादा उनीहरुको हल क्रेज भने कमजोर बनिरहेको छ ।

अभिनेत्री प्रियंका कार्की इन्स्टाग्रामकी रानी हुन् । उनलाई सामाजिक संजालको यो पाटोमा पछ्याउनेको संख्या १० लाख नजिक पुगेको छ । ९ लाख ९४ हजार हारहारीमा उनको फलोअर्स छन् । यसको अर्थ, उनी इन्स्टाग्रामकी रानी हुन् । तर, प्रियंकाको इन्स्टा क्रेज बढ्दै जाँदा उनको हल क्रेज भने न्यून छ भन्न सकिन्छ ।

उनलाई इन्स्टाग्राममा मन पराउने दर्शक नै उनलाई हेर्न हलसम्म आउँदैनन् । प्रियंका पछि नेपाली कलाकारहरुमा अभिनेत्री अदिती वुढाथोकीको क्रेज राम्रो छ । उनलाई पनि ९ लाख ७० हजार हारहारीमा दर्शकले पछ्याएका छन् । नेपाली फिल्म कृ मा काम गरेकी उनी अब सिनेमा बेन्जोमा काम गर्दैछिन् । यी दुबै अभिनेत्रीको पछि अभिनेत्री नम्रता श्रेष्ठ छिन् । तर, प्रियंका र अदिती इन्स्टाग्रामका रानी हुन् भन्दा फरक नपर्ला ।

दुबैले दैनिक फोटो अपलोड गर्छन् भने हट तस्वीर पोष्ट गर्न पनि यी दुबै माहिर छन् । इन्स्टाग्राममा देखिए जस्तै क्रेज यी दुइको हलमा पनि देखिने हो भने के हुन्थ्यो होला, पक्कै निर्मातालाई पनि गज्जब नै हुन्थ्यो ।

For More videos Log on to Mazzako TV