रुकुम–जाजरकोट घटनासँग सम्बन्धित रहेर नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘जात कहिले चलेन’ बोलको सार्वजनिक गीत स्वर्गिय नवराज विक र उनका साथीहरुमा समर्पित छ । गीतमा कमल किरण, डम्बर बराइली, मनोज लकान्द्री, जिना रसाइली र बिन्दु बिसीको स्वर रहेको छ ।

डमबर बराइलीकै शब्द संगीत रहेको गीतलाई राकेश सोनीले संगीत संयोजन गरेका हुन् । गीतको अडियो बलियो बनेको छ भने भिडियोले पनि मन छुन्छ ।बर्षाै देखी काम चल्यो, खुन चल्यो, गुन चल्यो तर जात कहिले चलेन गीतले भनेको छ । भोट चल्छ यहा सबथोक चल्छ जात चलेन भन्दै नेताहरुलाई गीतले ब्यंग समेत हानेको छ । हेर्नुहोस् भिडियो :

For More videos Log on to Mazzako TV