चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा चलचित्र प्राविधिकहरुलाई सरकारले सहयोग नगरे अब भोकमरीको अवस्था आउने भन्दै आइरहेका छन् । चलचित्र क्षेत्रमा पर्दा पछाडि रहेर काम गर्ने प्राविधिकहरुको अवस्था कमजोर बन्दै गएको छ । २ महिना भन्दा लामो लक डाउनको अवस्थामा दैनिक काम नगरी खान गाह्रो हुने प्राविधिकहरुलाई समस्या परेको हो ।

लक डाउन लगतै प्राविधिकहरु समस्यामा परेपछि नायक पल शाहले ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गर्ने बताए । उनी आफै उपस्थित भएर प्राविधिकहरुको घर घरमा पुगेर सहयोग गरे । पलको यो मनकारी कामको जती प्रशंसा गरेपनि पुग्दैन ।

यस्तै, मनकारी कदम अभिनेत्री पूजा शर्माले पनि चालिन् । उनले २ लाख रुपैयाँ बराबरको खाद्यान्न आफ्नै हातले वितरण गरिन् । तर, लक डाउन लम्बिदै जानु, काम गर्ने अवस्था नहुनु आदिले ३ हजार भन्दा बढी प्राविधिकहरु समस्यामा पर्न थालेका छन् ।

अभिनेत्री गरिमा पन्तले वेल्जियमबाट पठाएको २ लाख रुपैयाँको खाद्यान्न प्राविधिक संघले वितरण गरिसकेको छ । नायिका बर्षा सिवाकोटीले पनि राहत कोषमा १ लाख दिएकी छिन् । दीपकराज गिरी र उनको टिमले दिएको १ लाख, अभिनेत्रीहरु स्वस्तिमा खड्का, वर्षा राउत, नीता ढुङगाना लगायतले दिएको सहयोगबाट पनि प्राविधिक संघले राहत वितरण गरिसकेको छ । तर, अवस्था अब भयानक हुँदैछ ।

सिनेमा क्षेत्रकै अरु कलाकारले यो बिषयमा सोच्न आवश्यक छ । पल शाह, पूजा शर्मा, गरिमा पन्त बर्षा सिवाकोटी जस्ता मनकारी कदम चाल्ने कलाकार अब निस्कन आवश्यक देखिएको छ । आखिर, अरु को होलान् त यती मनकारी कलाकार ?

For More videos Log on to Mazzako TV