अभिनेता दिलिप रायमाझीले झापा तथा मोरंगका भुटानी शरणार्थीलाई राहत बितरण गरेका छन् । कोराना भाइरसले संकटमा परेका झापा तथा मोरंगमा रहेका शणार्थी शिविरमा पुगेर राहत वितरण गरेका हुन् । इन्ट्ररनेशनल वेलफेयर अमेरिकाको सहयोगमा उनले मोरङको पथरी र झापाको बेलडाँगी शिविरमा राहत वितरण गरे ।

दिलिप र उनको समुहले शिविरमा रहेका ७५ जना क्यान्सर पिडितलाई रकम सहयोग समेत गरेका छन् । शरणार्थी शिविरसंगै उनि सोहि आसपासका क्षेत्रमा अतिआवश्यक परेका व्यक्तिहरुलाई पनि सहयोग गरिरहेका छन् ।

त्यस्तै राजविराज, सिन्धिली लगायतका ठाउमा रहेका असहाय र पिडितलाइ पनि दिलिप र उनको समुहले सहयोग गरेको छ ।

For More videos Log on to Mazzako TV