अभिनेत्री वर्षा सिवाकोटीले नाई नभन्नु ल २ पछि खोजिरहेको सफलता बल्ल पाउँदै थिइन् । देशका ठूला ब्यानरबाट उनर्लाइ अफर आइरहेको थियो । सिनेमामा लगातार काम गरिरहेको भए उनले जुन तरिकाको सफलता खोजेकी थिइन्, त्यो पाउने लाइनमा थिइन् ।

तर, कोरोनाले सबै बर्बाद बनाइदियो । परदेशी २ जस्तो सिनेमामा काम गरिरहेकी थिइन् । निर्देशक मिलन चाम्सको गोर्खा वारियरमा काम गर्ने तयारी थियो । सिनेमा नाई नभन्नु ल ६ बाट पनि अफर आएकै थियो । थिएन त कमाल, तर भैदियो उल्टा । अब, लक डाउन खुलेपछि वर्षालाई अफर आएका सिनेमा बन्छन् कि बन्दैनन्, बनेपनि कहिले बन्छन् पत्तो छैन ।

अभिनेत्री पूजा शर्मालाई पनि कोरोनाले चौपट नै बनाइदियो । सिनेमा म यस्तो गीत गाउँछु २ रिलिज गर्नुभन्दा एक साता अगाडि पछि सार्नुपर्दाको पीडा उनलाई जती अरुलाई थाहा नहुन सक्छ । सिनेमाको अफर आइरहेको थियो । २५ लाखसम्म दिन निर्माता तयार भएर बसेका थिए । तर, अब कोरोनापछिको लक डाउन खुलेर पूजालाई यती महंगो रकममा लिन निर्माताहरु तयार होलान् त, मुश्किल छ ।

अभिनेता पल शाहलाई पनि कोरोनाले ब्याडलक बनायो । सिनेमा म यस्तो गीत गाउँछु २ रिलिज हुनुभन्दा एक साता अगाडि सार्नुपर्दाको पर्याे । उनलाई यो सिनेमा चलेको खण्डमा फाइदा हुन्थ्यो । तर के गर्ने कोरानाले सब चकनाचुर पारिदियो । यो सिनेमा गतबर्ष नै चलिदिएको भए, पल शाहको पाइला एक कदम सफलतापुर्वक अगाडि बढिसकेको हुने थियो ।
पलका लागि त्यो भएन । अब, पल, सुदर्शन र पुजा लक डाउन खुलेर समय सामान्य हुने पर्खाइमा छन् । पलको अर्काे फिल्म हृदयभरी पनि रिलिज हुन पाएको छैन ।

अभिनेत्री वर्षा राउतले ८ महिनापछि २ वटा सिनेमा साइन गरेकी थिइन् । २ नम्बरीको छायांकन सुरु भैसकेको थियो । के घर के डेरा २ नम्बरीपछि छायांकनमा जाने तयारीमा थियो । उनलाई त सिनेमा नाई नभन्नु ल ६ को मुख्य भूमिकाका लागि अफर नै आएको थियो । तर, सबै डामाडोल । बरु, लक डाउनको समयमा उनी राष्ट्रीयताको बिषयमा दिएको एक बयानका कारण आलोचित भइन् । करिअरमै नभोगेको विवाद यसपटक भोग्न पर्यो ।

अभिनेता प्रदिप खड्कालाई पनि ब्याड लक नै लाग्यो । एक बर्षको ग्याप पछि उनी प्रेमगीत ३ मार्फत दर्शकमाझ आउने तयारीमा थिए । प्रेमगीत ३ बाट करियरलाई उकास्ने उनको अपेक्षा थियो । तर, लक डाउनका कारण सिनेमा पछि सर्यो । अब, सिनेमा रिलिज कहिले हुन्छ, दर्शकले कस्तो साथ दिने हुन् के पत्तो छैन ।

अभिनेत्री जसिता गुरुङका लागि पनि गत बर्ष अन्यौलमा नै वितेको थियो । उनले अभिनय गर्ने भनिएका २ सिनेमाको नै छायांकन सुरु हुन सकेका थिएनन् । सिनेमा आई एम टवान्टी वानको छायांकन मात्र होइन, रिलिज नै यो बर्ष हुनुपर्ने थियो । त्यस्तै एन्टी हिरोको छायांकन पनि पछि सर्याे । उनले यो बर्ष चाही यि फिल्ममा काम गर्ने पक्का पक्की जस्तै थियो । तर बिचमा आइ दियो कोरोना ।

निर्देशक रेनशा वान्तवा राईको निर्देशनमा निर्माण हुने भनिएको आई एम टवान्टी वानमा जसिता अभिनेता धिरज मगरसंग र एन्टी हिरोमा अभिनेता अनमोल केसीसँग काम गर्ने तयारीमा थिइन् । २०७६ साल जसिताको अन्यौलमा नै वित्यो, अब कोरानाले झन चौपट बनाईदियो ।

नेपाली फिल्मका केही कलाकारलाई यसपटक कोरोनाले ठूलो झट्का दिएको छ । हुनत, सिनेमा क्षेत्रलाई नै झट्का दिएको अवस्थामा अनमोल केसी, आँचल शर्मा, स्वस्तिमा खड्का लगायतका कलाकारलाई पनि ब्याडलक भएको छ ।

For More videos Log on to Mazzako TV