दीपक बज्राचार्यको कोरोना सम्बन्धी नयाँ गीत सार्वजनिक भएको छ । दीपक र चेरिसा बज्राचार्यको स्वर ‘द कोरोना सङ्ग’ बोलकोे गीत युट्युब मार्फतमा सार्वजनिक गरिएको हो । गीतमा म्युजिक कम्पोजिसन गायक बज्राचार्यकै छ भने भिडियो कन्सेप्ट चेरिसाको छ । रिक्की शाक्यले निर्देशन गरेको भिडियोको डि ओ पी मनोज भोले हुन् ।

युनिसेफ दक्षिण एसियासँगको सहकार्यमा निर्माण भएको भिडियोले मौलिक नेपाली पन प्रस्तुत गरेको छ । गीतमा घरै बस्ने, सामाजिक दुरी कायम गर्ने, सकारात्मक सोच्ने र स्वास्थ्य जीवन शैलीबारे सचेतना फैलाउन खोजिएको छ ।

For More videos Log on to Mazzako TV