कोभिड १९ का कारण सबै नेपालीहरु लकडाउनमा थन्किएका छन् । सरकारले लक डाउन गरेर घरमै सुरक्षित बस्न सबैलाई अपिल गरेको अबस्था छ । यो समयमा भने चार पटक विश्व रेकर्ड बनाउन सफल नेपाली पार्कर खेलाडी दिनेश सुनार अभ्यासमा निरन्तर लागि परि रहेका छन् ।

अब अनि छिट्टै पाँचौ रेकर्ड राख्ने तयारीमा पनि रहेका छन् । दिनेश कलाकारितामा लागेर केहि गर्ने सोचका साथ अभिनय तथा द्वन्दको प्रशिक्षण लिई रहेका छन् ।

उनि छिट्टै नेपाली फिल्म मार्फत नायकको रुपमा आउने सोचमा रहेका छन् र त्यसको तयारीमा जुटी रहेका छन् । थुप्रै चलचित्रमा स्टन्ट गरेका सुनार एक्सन चलचित्र मार्फत नेपाली चलचित्रमा डेब्यु गर्ने तयारीमा छन् । उनी ‘पार्करको नयाँ खालको एक्सन नेपाली फिल्ममा भित्याउने इच्छा रहेको बताउँछन् । फिल्म मार्फत नेपालको नाम अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने दिनेशको भनाई छ ।

उनले करिब दुइ दर्जन चलचित्रमा स्टन्टम्यानको भूमिका निभाएका छन् । चलचित्रहरू हसिँया, हवल्दार सुन्तली, तथा हिन्दी साउथ चलचित्रमा समेत स्टन्टम्यानको रूपमा जोखिमपूर्ण काम गरेको उनी सुनाउँछन् । उनको यो कला र क्षमता विभिन्न चलचित्रले खोज्ने गरेका छन् ।

For More videos Log on to Mazzako TV