कमेडीको यात्रा, अब हेरौं ‘मह जात्रा’
सात बर्षको अन्तरालपछि ‘मह’ जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह जात्रा’ लिएर आएका छन् । यही शुक्रबार अर्थात बैशाख २६ गतेबाट काठमाण्डौंमा मह जात्रा शुरु हुदैछ । ‘मह जात्रा’मा मह जोडी सँगै बसुन्धरा भुसाल, किरण के.सी, शिबहरी पौडेल, राजाराम पौडेल, नरेन्द्र कंसकार, मोहितवंश आचार्य समेतले हास्यव्यङ्ग प्रस्तुत गर्नेछन् । कार्यक्रममा नायक दिलिप रायमाझीले नृत्य प्रस्तुत गर्नेछन भने गायिका मल्लिका कार्की र मोहित आचार्यले गीत सुनाउनेछन् ।
काठमाण्डौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जेठ ८ गतेसम्म चल्ने ‘मह जात्रा’मा तीन घण्टासम्म हाँस्यब्यंग्य र मनोरञ्जनको भरपुर मज्जा लिन सकिनेछ । काठमाण्डौमा मह जात्राबारे जानकारी गराउन आयोजना गरिएको प्रेसमिटमा हरिवंशले ब्यक्तिगत कारणले गर्दा मह जात्रालाई निरन्तरता दिन नसेकेको बताए ।
‘हाम्रो लागि रंगमञ्च आमाको काख जस्तै हो’ हरिवंशले भने, ‘रंगमञ्चबाट धेरै कुरा सिकियो अझै सिक्न बाँकी छ ।’ मह जात्रालाई इलेक्ट्रोनिक मिडियाले केही प्रभाव पारेको हरिवंशको अनुभव छ । विभिन्न सामाजिक संस्थाका काम र टेलिफिल्ममा ब्यस्त भएको कारणले गर्दा पनि महजात्रा गर्न नभ्याएको कार्यक्रमा हरिवंशले जानकारी गराएका छन् ।
साँझ साढे ५ बजेदेखि सुरु हुने ‘मह जात्रा’मा अडियो तथा भिडियो खिच्न पाईनेछैन । ७ वर्षपछि हुन लागेको ‘मह जात्रा’ सबैलाई बहुप्रतिक्षित बनेको छ । मह जात्रालाई लिएर मह जोडी पनि निकै उत्साहित देखिएका छन् । मह जात्रालाई सफल्ताको शुभकामना ।
For More videos Log on to Mazzako TV