अभिनेता सलिनमान बनियाँ सिनेमासँग नजिक भएका कलाकार नै थिएनन् । उनलाई आफ्नै दुनियाँ नै प्यारो थियो । सलिनमानलाई अभिनेत्री तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले सिनेमा ए मेरो हजुर २ बाट सिनेमा क्षेत्रमा भित्राएका हुन् ।

सलिनमानले सोचेका थिएनन् कि उनको करिअरमा नयाँ आयाम आउनेछ । करिअर भनेकै यही त हो, नसोचेको कुरा हुने । सलिनमानको पनि भैदियो यस्तै । पहिलो सिनेमाबाट नै स्टार अभिनेताको रुपमा उदाएपछि सलिनलाई दबाब बढ्यो । सिनेमामा नै काम गर्दिन भनेर बसेका सलिनमान एकाएक उदाए । उनले दोश्रो सिनेमा यात्रा खेल्न समय लगाए । करिब डेढ बर्ष लामो ग्यापपछि आएको सिनेमा यात्राले अपेक्षित व्यापार भने गरेन ।

सलिनमान तेश्रो सिनेमा साइन नगरी बसेका छन् । उनलाई अरु अभिनेताको जस्तै सिनेमामा काम गर्नु त छैन । तर, पनि उनी सिनेमामा क्रेजी भने छन् । नायक सलिनमान बनियाँले दोश्रो चलचित्रसम्म आइपुग्दा आफ्नो अभिनयमा सुधार गरेका छन् ।

नायक सलिनमान बनियाँ धेरै सोचेर कम चलचित्र खेल्ने नायकमा पर्छन् । सलिनमान केही बर्षदेखि प्रेममा पनि छन् । उनी, अस्प्रिनासँगको प्रेममा रमाइरहेका छन् । मिडियामा उनको प्रेमको पनि चर्चा हुने गरेको छ ।

तर उनी सिनेमा भन्दा बढी अहिले जादु देखाउनमा व्यस्त छन् । तासको जादु देखाएका भिडियो अपलोड गर्ने सलिनमान सिनेमाको तयारीमा पनि लागेको वुझिन्छ । सलिनमान नेपाली सिनेमाका लागि चाहिने अभिनेता हुन् । तर, तासको जादु देखाएर मात्र पुग्ला र ? यी चकलेटी अभिनेताले फ्यानको क्रेजलाई पनि वुझ्न आवश्यक देखिएको छ ।

For More videos Log on to Mazzako TV