डल्ली छुल्ठिमले भनिन्, ‘दर्शकको चाहना अनुसार अघि बढ्छु’
फिल्म रिलिज हुनु पुर्व ‘नोभेम्बर रेन’ पछि अब चलचित्रमा काम नगर्ने भनेर अभिब्यक्ति दिएकी नायिका छुल्ठिम गुरुङ् चलचित्रले सफल्ता पाएसँगै आफ्नो भनाईलाई पनि परिमाजित गरेकी छिन् । चलचित्रको बारेमा प्रतिक्रिया बुझ्न झापा पुगेकी छुल्ठिमले स्थानिय पाथिभरा एफ एममा अन्तरवार्ताका क्रममा यस्तो प्रतिक्रिया दिएकी हुन् ।
ठुलो पर्दामा मा काम गर्दा नतिजा हेर्न लामो समय लाग्ने हुनाले आफुले नोभेम्बर रेनलाई आफ्नो अन्तिम सिनेमा भनेको बताएकी छिन् । ठुलोपर्दा तथा सानोपर्दा दुबै पब्लिक सँग प्रत्यक्ष जोडिने पाटो भएकाले अगामी दिनमा दर्शकले जे रुचाउछन् आफु त्यही रुपमा अगाडी बढ्ने उनले उद्घोष गरिन ।
एफ एममा अन्तर्वार्ता दिदै छुल्ठिमले भनिन् “चलचित्रमा मेरो पहिलो अनुभव निकै रमाईलो रह्यो, दर्शकले डल्लीको रुपमा मलाई निकै रुचाईदिनु भयो, सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।”
गत बैशाख १२ देखि प्रदर्शनमा आएको फिल्म ‘नोभेम्बर रेन’ सफल्ताका साथ दोस्रा हप्तामा चलिईरहेको छ । सिनेमाले दर्शकको मन जित्न सफल भएकोमा निर्माण पक्ष निकै उत्साहित देखिएको छ । छुल्ठिम सँगै दर्शकको प्रतिक्रिया बुझ्न चलचित्रका निर्माता सुवास गिरी पनि पुर्वमै छन् ।
‘दर्शकले हाम्रो काम मनपराईदिनुभएको छ, एकदमै खुशी छु’, उनले प्रतिक्रिया दिए । यता निर्देशक दिनेश राउत पश्चिममा प्रमोशन सकेर काठमाण्डौ फर्केका छन् ।
बैशाख २२ गते काठमाण्डौ बाट धरान गएका निर्माता तथा अभिनेत्रीले धराने दर्शक सँग बसेर फिल्म हेरेका थिए,धराने दर्शकले पनि चलचित्रलाई रुचाएका छन् । चलचित्रको ६० प्रतिशत भन्दा बढी छायांकन धरानमै गरिएको थियो ।
प्रमोशनको क्रममा नै मंगलबार यो टिम झापाको दमक र बिर्तामोडमा पुगेको थियो । झापा र मोरङ्गका विभिन्न हलहरुमा गएर नोभेम्बर रेन टिमले दर्शकसँग बसेर सिनेमा हेरेको थियो ।
For More videos Log on to Mazzako TV