अभिनेत्री जसिता गुरुङको आज २४ औँ जन्मदिन मनाउँदै छिन् । जसिता लक डाउनका कारण यसपटक आफनो जन्मदिन घरमा नै मनाइरहेकी छिन् । उनी १९९६ मे १६ तारिखका दिन जन्मिएकी हुन् । उनले ‘लिलिबिली’ सिनेमाबाट नेपाली सिने उद्योगमा डेब्यु गरेकी हुन् ।

उनको डेब्यु फिल्मबाट नै सम्भावना भएकी नायिकाको रूपमा चर्चा पाइन् । दर्शकले उनको अभिनयलाई मज्जाले तारिफ गरे । ’लिलिबिली’ र ’लभ स्टेसन’ उनका प्रदर्शन भैसकेका फिल्म हुन् । भने निर्देशक रेनशा राईको निर्देशनमा निर्माण हुने फिल्म ‘आइ एम ट्वान्टी वान’ र अभिनेता अनमोल केसीको अपोजिटमा ‘एन्टी हिरो’ नामक फिल्ममा काम गर्दै छिन् । लक डाउनको कारण यी फिल्मको छायांकन भने पछि सरेको छ ।

लिलिबिलीमा अभिनेता प्रदीप खड्कासँग स्क्रिन सेयर गरेकी उनले वेस्ट डेब्यु अभिनेत्रीको अवार्ड समेत आफ्नो पोल्टामा पार्न सफल भइन् । ब्युटिफुल अभिनेत्री जसिता गुरुङलाई हाम्रो तर्फबाट जन्मदिनको मज्जाको शुभकामना ।

For More videos Log on to Mazzako TV