लक डाउनका कारण कलाकारहरु घरमै छन् । लक डाउन कहिलेसम्म लम्बिन्छ भन्न सकिने अवस्था नै छैन । नेपालका कोरोना संक्रमितको संख्या दिनदिनै बढेको छ । यसैले, अन्य व्यवसाय जस्तै सिनेमा क्षेत्र पनि नराम्रोसँग थलिने देखिएको छ ।

लक डाउनका कारण कलाकारहरु फुर्सदिला बनेका छन् । कलाकारहरुले आफ्नो फिटनेशलाई भने छाडेका छैनन् । अभिनेत्री नम्रता श्रेष्ठ सामाजिक संजालमा व्यायम सिकाइरहेकी छिन् । ‘गाँठो’ डेब्यू अभिनेत्रीले भिडियो नै बनाएर सामाजिक संजालमा पोष्ट गरेकी छिन् ।

जहाँ, उनी व्यायम सिकाउँदैछिन् । अभिनेता तथा अभिनेत्रीहरु फिट रहनका लागि जीम जाने गर्दछन् । तर, अहिले जीम नै बन्द भएकाले उनीहरु घरमै व्यायम गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV