नेपाली सिनेमा बुलबुलमा काम गरेपछि अभिनेत्री स्वस्तिमा खडकालाई दर्शकले रुचाए । यसपछि भने स्वस्तिमाले नेपाली फिल्ममा गज्जबको अभिनय गर्ने अभिनेत्रीको छाप बनाएकी छिन् । स्वस्तिमा अब एक अंगेजी सिनेमामा काम गर्ने तयारीमा छिन् ।

यो सिनेमालाई अमेरिकाको एउटा टिमले बनाउँदैछ । यो सिनेमाका लागि केही नेपाली अभिनेत्रीहरुले अडिसन दिएका थिए । जसमा, स्वस्तिमा छनोट भएकी हुन् । स्वस्तिमाको दिदीको रुपमा भने सिनेमामा अभिनेत्री केकी अधिकारीले काम गर्दैछिन् ।

यी दुबै अभिनेत्रीले कोरोना कहर सकिएपछि सिनेमाको छायांकन सुरु गर्ने बुझिएको छ । सिनेमाको बिषयवस्तु के हुने, टिममा को को हुने र सिनेमा कस्तो बन्नेछ भन्ने बिषयमा भने केही पनि बताइएको छैन् ।

For More videos Log on to Mazzako TV