अभिनेत्री वर्षा राउत र वर्षा सिवाकोटीको मित्रता त कहिले दुश्मनीको चर्चा सिनेमा वृत्तमा खुबै हुन्छ । नाम एउटै भएकाले पनि यी दुइको तुलना हुने गर्दछ । तर, पछिल्ला समयमा भने दुई वर्षाको मित्रता बलियो देखिन थालेको छ । यी दुई अभिनेत्रीले प्रकाश सुवेदीले निर्देशन गर्ने भनिएको एक सिनेमामा काम गर्ने चर्चा पनि चल्यो ।

तर, यो सिनेमा नै बनेन । यी दुई अभिनेत्रीले एकसाथ सिनेमा खेल्ने चर्चा यसअगाडि चले पनि यो संभव भने भएको छैन् । अब, निर्देशक विकासराज आचार्यले यी दुइलाई सिनेमा नाई नभन्नु ल ६ का लागि अफर गरेका छन् ।

सिनेमामा ३ जना अभिनेत्री र २ जना बाल कलाकार रहनेछन् । जसमा, दुई वर्षालाई पनि अफर गरिएको छ । अब, यी दुई वर्षाले सिनेमामा काम गर्छन् या गर्दैनन् यो लक डाउन खुलेपछि नै थाहा हुनेछ ।

For More videos Log on to Mazzako TV