लक डाउनका कारण अहिले सिनेमाको काम हुन सकेको छैन् । सबै फिल्मीकर्मी लक डाउनका कारण घरमै छन् । यस्तो अवस्थामा उनीहरुलाई लक डाउनले दिक्क त बनाएको होला नै, साथमा अवसर पनि दिएको छ । सिनेमा ए मेरो हजुर ४ को निर्माणपक्षले कथामा अझै काम गर्न पाएको छ ।

सिनेमाको छायांकन ३० पतिशत मात्र सकिएको थियो । अब, निर्देशक झरना थापा र उनको टिमलाई कथामा अझै मिहिनेत गर्ने समय लक डाउनले दिएको छ । लक डाउन नभएको भए अहिलेसम्म लगभग सिनेमाको छायांकन सकिएको हुन्थ्यो ।

झरनालाई मात्र होइन, अन्य फिल्म मेकरलाई पनि लक डाउनले उत्कृष्ट कथा वुन्ने अवसर दिएको छ । छायांकनमा जान तयार भएका सिनेमादेखि छायांकन भैरहेका वा पोष्टमा काम भैरहेका सिनेमाका निर्माताका लागि यो अवसर हो ।

For More videos Log on to Mazzako TV