अभिनेता अनमोल केसी कुकुरलाई खुबै माया गर्छन् । उनी आफ्नो घरमा रहेको कुकुरसँग खेलेर समय बिताइरहेका छन् । सिनेमाको छायांकनको समयमा भन्दा अरु बेलामा अनमोल घरमै बस्न रुचाउने अभिनेता पनि हुन् ।

उनै, अभिनेताले जनावरलाई वुझ्न आवश्यक रहेको तर्क गरेका छन् । सामाजिक संजालमा हात्तीसँग रमाउँदै गरेको तस्वीर पोष्ट गरेका अभिनेताले जनावरको आत्मालाई वुझ्न आवश्यक रहेको बताएका छन् । लक डाउनका कारण जनावरहरु भोक्कै रहेको खबर पनि आइरहेको छ ।

नेपाली कलाकारले पनि जनावरप्रति चासो मात्र देखाएका छैनन्, उनीहरुलाई खाना पनि खुवाइरहेका छन् । अनमोलले जनावरलाई माया नगरेसम्म उसको आत्माको हिस्सा थाहा पाउन नसकिने लेखेका छन् ।

For More videos Log on to Mazzako TV