अभिनेता राजेश हमाल लक डाउनका कारण घरमै छन् । यो समयमा हलमा विदेश यात्रा, महोत्सवमा बढी व्यस्त हुन्थ्ये । तर, अहिले उनी पत्नी मधु भट्टराइको साथमा समय बिताइरहेका छन् । उनै, राजेश हमाल दैनिक व्यायम गर्दै गरेको भिडियो र तस्वीर पनि सामाजिक संजालमा अपलोड गर्छन् ।

हमालले आफ्नो शरीर देखाउँदै पोष्ट गरेको भिडियोलाई उनको फ्यानले रुचाएका छन् । हमालको फिटनेशको राज के हो भनेर धेरै दर्शकले सोधेका पनि छन् । व्यायमका क्रममा किक हान्दै गरेको अवस्थामा देखिएका हमालको फिटनेशले धेरैलाई भुतुक्कै बनाउँछ । नेपाली सिनेमामा महानायकको उपाधि पाएका हमाल खानपिन र व्यायममा खुबै ख्याल पनि गर्छन् ।

उनले सिनेमामा काम नगरेपनि आफूलाई फिट राखिरहेका छन् । हमालको फिट शरीरबाट अहिलेको नयाँ अभिनेताहरुले पनि धेरै कुरा सिक्न आवश्यक छ ।

For More videos Log on to Mazzako TV