हुनत, लक डाउन कहिले खुल्छ पत्तो छैन् । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । यसैले पनि लक डाउन यही समयमा खुल्छ भनेर भन्न सकिदैन । तर, लक डाउन खुलेसँगै नेपाली फिल्म हलमा कुन सिनेमा चलाउने ? यो भने बहसको कुरा हो ।

चीनमा लक डाउन खुलेसँगै हलिउडका ठुला सिनेमा फेरि रिलिज गरिएको थियो । हलहरुलाई राहत दिनका लागि वितरकले शत पतिशत शेयर हललाई नै दिने निर्णय गरेका थिए ।

हल खुलेपनि नेपाली र हिन्दी सिनेमा तत्काल हलमा लाग्दैनन । किनकी, दर्शक हलसम्म आउने वातावरण बन्न समय लाग्छ । यसैले, हल खुल्ने वित्तिकै हलमा के चलाउने भन्ने बिषयमा बहस हुन जरुरी छ ।

For More videos Log on to Mazzako TV