नाई नभन्नु ल खेलेपछि चर्चामा आएका र कुनै समयमा नम्बर १ अभिनेता जीवन लुइँँटेल अमेरिकामा छन् । अमेरिकामा रहेका जीवन लामो समयपछि मिडियामा देखिएका छन । जीवनको गेटअप केही बदलिएको छ । उनै, जीवनले सिनेमा क्षेत्रमा आफू कहिले फर्किन्छु भनेर केही पनि भनेका छैनन् ।

बरु, उनले कोरोना भाइरसको सन्त्रासबाट भने बच्न सबैलाई अपिल गरेका छन् । फेसबुक लाइभमा करिब ११ मिनेट बिताएका यी हिरोले कोभिड १९ का कारण सामाजिक दुरी कायम राख्न र लक डाउनको पालना गर्न सबैसँग अपिल गरे ।

अभिनेता लुइँटेलले नेपाली फिल्म क्षेत्रमा कहिले फर्किने भन्ने बिषयमा केही पनि बोलेनन् । उनी, आफू अमेरिकामा सुरक्षित रहेको र जीवन अगाडि बढाइरहेको बताएका छन् ।

For More videos Log on to Mazzako TV