निर्देशक, निर्माता तथा कलाकार दीपकराज गिरी सामाजिक संजालमा चर्चित र आलोचित छन् । उनले, सामाजिक संजालमा समसामयिक बिषयमा तर्क गर्न छाडेका छैनन् । यसैले पनि उनको कुराले मिडियामा चर्चा पाउँछ । सरकारले सोमबारमात्र एउटा अध्यादेश जारी गरेको छ ।

कोरोनासँग लडिरहेको समयमा सरकारले वेमौसमी बाजा बजाएको भन्दै आलोचना भैरहेको छ । दीपकले पनि यसमा सरकारलाई कडा व्यग्य गरेका छन् । उनले लेखेका छन–‘सकारात्मक सोचौ न यार । कोरोनाको औषधी नेपालमा पत्ता लाग्यो ।

धेरै दिनदेखिको पयास सफल, राष्ट्रपतिद्धारा विधेयकमा हस्ताक्षर ।’ दीपकले काम एकातिर गर्नुपर्नेमा सरकार अर्कैतिर अल्झिएको भन्दै घुमाउरो शैलीमा तर्क गरेका छन ।

For More videos Log on to Mazzako TV