अभिनेता आर्यन सिग्देल र अभिनेत्री स्वस्तिमा खडकाले गतबर्ष सिनेमा हजार जुनी सम्ममा काम गरे । यी दुइको सिनेमालाई दर्शकले खासै रुचाएनन् । सिनेमामा आर्यन पाको उमेरको मानिसको भूमिकामा थिए । तर, सिनेमा रिलिज भैसकेपछि पनि यी दुइको मित्रता बाक्लो भएको छ ।

स्वस्तिमा र आर्यन एक अर्काको पशंसा गरेर थाक्दैनन् । स्वस्तिमा र आर्यन दुबै आ आफनो घरमा लक डाउनमा छन् । यो समयमा स्वस्तिमालाई भने आर्यनको याद आएको छ । स्वस्तिमाले आर्यनसँगको तस्वीर शेयर गर्दै आर्यनलाई दाई भनेर सम्बोधन गरेकी छिन् ।

उनले आर्यनलाई निकै शान्त स्वभावको पनि भनेकी छिन् । साथै, उनले आफू भन्दा गोरो थोरै मानिसहरुमा आर्यन पनि पर्छन् भनेर उनले लेखेकी छिन् ।

For More videos Log on to Mazzako TV