रजनीकान्त: कुनै दिनका कन्डेक्टर, आज भए महान एक्टर
रजनीकान्तको एक्टिङ मन नपर्ने सायदै होलान् । करोडौं उनका फ्यान छन्।अभिनयबाट दर्शकलाइ दिवाना बनाएका रजनीले हालै ट्विटरबाट पहिलो ट्वीट गरेका छन् । उनको पहिलो ट्वीट थियो“Salutation to the Lord. Vaṇakkam aṉaivarukkum !! A big thank you to all my fans. Excited on this digital journey.”
१२ डिसेम्बर १९५०मा जन्मेका रजनी अहिले ६३ भन्दा माथिका भएका छन् ।तर, उनको यो बुढ्यौली उमेरमा कुनै पनि त्यस्तो हर्कत गर्नबाट पछि हट्दैनन् जुन १८ बर्षे बयस्कलाई गर्न मुश्किल पर्छ ।
उनको एक्टिङ त मज्जाको त छदै नै छ सँगै, आङ्नै सिरिङ हुने गरि उनले दिने स्टन्टस् पनि उतिकै खतरनाक हुन्छ ।
‘अपूर्व रागंगल’ नामक फिल्मबाट आफ्नो फिल्मी यात्रा सुरुवात गरेका रजनीको आम मानिस देखि ठुल्ठुला हस्तीहरु सम्म डाईहार्ट फ्यान छन् । बलिउडमा उनकै नाममा फिल्म र गीत बन्न थालेको देखिन्छ ।
रजनीकान्त ठुला र धनी अर्टिस्टमा गनिन्छ्न्,तर उनको जिवनको सुरुवातमा भने निकै दु ख र समस्याबाट गुज्रेको थियो । जीवनको एक कालखण्डमा उनले कन्डक्टर भएर पनि आफ्नो गुजारा चलाउनु परेको थियो ।
उनै रजनीको घरमा एउटा यस्तो कोठा छ, जुन उनले बाल्यकालमा गाडीको कन्डक्टर गर्दाको साथी राजबहादुरका लागि बनाएका थिए । साथीहरुलाई एकदमै माया गर्ने रजनी अहिले पनि बेला बेला आफ्ना साथीहरुसँग अरुलाई खबरै नगरी घुम्न निक्लन्छन् ।
यी महान अभिनेता रजनीले अहिले सम्म ४ पटक बेस्ट एक्टरको एवार्ड जितिसकेका छन् भने भारत सरकारले उनलाइ पद्मभूषण एवार्डले सम्मान गरिसकेको छ ।
For More videos Log on to Mazzako TV