अभिनेत्री पूजा शर्माले आफूलाई सिंह राजा भन्दै कुकुर भुक्दैमा फरक नपर्ने उल्लेख गरेकी छिन् । सामाजिक संजालमा उनले लेखेको स्टाटसले यही कुरा भन्न खोजेको छ । उनले, कुकुर जति भुकेपनि सिंह नै राजा भएको लेखेकी छिन् ।

पूजाले २–४ वटा बच्चा कुकुर भुक्दैमा सिंहले पछाडि फर्किएर नहेर्ने पनि लेखेकी छिन् । पूजाको यो स्टाटस कतै लक्षित देखिन्छ । तर, नेपाली फिल्मकी अभिनेत्रीले आफूलाई सिनेमा क्षेत्रको सिंह भन्न खोजेको स्पष्ट छ । नेपाली फिल्ममा अहिले कलाकारहरुमा पूजाको माग बढेको छ ।

यसैले पनि पूजालाई मन पराउनको संख्या पनि खुबै बढेको छ । यो अवस्थामा पूजाले आफूलाई राजा भन्दै कसलाई कुकुर भन्न खोजेकी होलिन, यो उनले नै जान्ने कुरा भयो ।

For More videos Log on to Mazzako TV