अभिनेत्री मलिना जोशीले सकारात्मक सोच्न अपिल गरेकी छिन् । कोरोना भाइरसको त्रासका कारण मानिसहरुमा अहिले नकारात्मक सोच पनि हाबी हुँदै गइरहेको छ । अझ, नेपालमा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढेसँगै नकारात्मक सोच हाबी हुन थालेको पाइन्छ ।

मलिनाले पनि सकारात्मक भाइब्स ल्याउन आवश्यक रहेको बताएकी छिन् । सामाजिक संजालमा उनले लेखेको स्टाटसमा आजको दिन पक्कै रामो हुनेछ भन्दै सकारात्मक भाइब्स आएको बताएकी छिन् ।

हरेक दिन सुखद नै हुन्छ भन्ने भावना मनमा उब्जाएको खण्डमा त्यसले यस्तो समयमा अझै बढी फाइदा गर्नेछ । मलिनाको भनाई पनि यतैतर्फ केन्द्रित देखिएको छ ।

For More videos Log on to Mazzako TV