सरकारले लकडाउनलाई लम्ब्याएर बैशाख १५ सम्म पुर्याएको छ । नेपाली फिल्मी गतिविधि ठप्प छन् । यस्तै अवस्थामा फिल्म ‘स्कुल’ युट्युबमा सार्बजनिक भएको छ । लकडाउनमा फिल्म हल बन्द भएपछि विभिन्न कारणहरूले ५, ६ वर्ष देखि हलमा रिलिज हुन नसकेको फिल्मलाई युट्युब मार्फत सार्बजनिक गरिएको हो ।

स्कूलको पृष्ठभूमिमा निर्मित नेपालको एकमात्र फिल्म स्कूललाई विश्व बस्नेतले निर्देशन गरेका हुन् । दादा साहेब फाल्के फिल्म फिस्टिभलमा अफिसियल सेलेक्शन त्यस्तै ईन्डियन सिने फिल्म फेस्टिभल मुम्बईबाट स्पेशल फेस्टिभल मेन्शनको उपाधि जित्न सफल फिल्म हो स्कुल ।

फिल्ममा विजय लामा, सुस्मिता केसी, नीर शाह, बि एस राणा, रविन्द्र खडका, रवि गिरी, धिरेन्द्र राज थापालगायत कलाकारहरुको अभिनय छ ।
प्रो. सामर्थ्य बहादुर सिंह, बिरेन्द्र मान श्रेष्ठ र विश्व बस्नेत को प्रस्तुतीमा राजु बिक्रम थापा र लोक चन्द्र थापा को छायांकन, कृष्ण पौडेलको मुख्य सहायक निर्देशन तथा कोरियोग्राफी रहेको छ ।

चलचित्र लाई सम्पादन रजनी पन्त, राहुल के सी, योगराज खनाल र युबराज खत्रीले गरेका हुन् । द्वन्दमा चन्द्र पन्त रहेको फिल्ममा संगीत भुपेन्द्र रायमाझी र बिजय लामा ले गरेका छन् ।

For More videos Log on to Mazzako TV