नायिका स्वस्तिमा खड्काका लागि गतबर्ष सुखद बनेन् । स्वस्तिमा अभिनित २ चलचित्र रिलिज भएपनि दुबै चलचित्र असफल भए । हजार जुनी सम्म र घामड शेरे गतबर्ष रिलिज भए । दुबै चलचित्र नचल्दा स्वस्तिमाको बन्दै गरेको करिअर कमजोर मोडमा पुग्यो । उनी अभिनित चलचित्र चपली हाइट ३ रिलिजको लागि तयार थियो ।

तर, कोरोना भाइरसको संक्रमण बढेसँगै यो चलचित्रको रिलिज पनि हुन सकेन । यसैले पनि स्वस्तिमा एक महिनादेखि घरमै छिन् । अब भने स्वस्तिमालाई काम मिस हुन थालेको छ ।

उनले, यो अवस्थामा बाहिर निस्कनु आफैमा घातक भएको भन्दै तर आफुले काम मिस गरिरहेको पनि बताएकी छिन् । स्वस्तिमा जस्तै, अन्य चलचित्रकर्मीले पनि पक्कै काम मिस गरिरहेका होलान् ।

For More videos Log on to Mazzako TV