नेपाली चलचित्रको लागि वि.सं २०७६ साल सुदख बन्न सकेन । अझ, भोलीदेखि सुरु हुने नयाँ बर्ष कस्तो हुने हो भन्ने कुनै अनुमान गर्न सकिने अवस्था छैन् । किनकी, विश्वभर फैलिएको कोरोना त्रासका कारण लक डाउनमा नेपाल छ ।

नेपाली सिनेमाको रिलिज रोकिएको डेढ महिना भयो । अझै कति महिना नेपाली सिनेमा हलमा आउँदैनन, कसैले अनुमान गर्न सक्ने अवस्था नै छैन् । यो बर्ष नेपालमा ५५ वटा मात्र सिनेमा रिलिज भए । जसमा, ५० वटा सिनेमा व्यवसायिक रुपमा असफल बनेका छन् ।

२ वटा सिनेमा व्लकबस्टर हुँदा २ वटा सिनेमा सुपरहिट र एउटा सिनेमा हिट मात्र भएको छ । गतबर्ष नेपाली हलमा एक सय वटा सिनेमा रिलिज भएका थिए । यो गतबर्षको तुलानामा ४५ वटा कम सिनेमा हो ।

आउँदो बर्ष नेपालमा यो भन्दा पनि कम सिनेमा रिलिज हुनेछन । यसको मार सिंगो चलचित्र बजारमा पर्नेछ ।

For More videos Log on to Mazzako TV