आज चैत्र २८ गते । यदि, विश्वभर फैलिएको कोरोना भाइरसको त्रास हुदैनथ्यो भने आजबाट २ नेपाली चलचित्र हलमा लागिरहेका हुन्थे । निर्माता तथा निर्देशक सन्तोष सेनले चलचित्र प्रेमगीत ३ को रिलिज मिति आजैलाई तोकेका थिए ।

यो चलचित्रको पोष्टमा अहिले काम चलिरहेको छ । सन्तोषले लक डाउनका कारण चलचित्रको काम अझै गर्न पाएको बताएका छन् । नेपाल सरकारले लक डाउन नगर्दासम्म निर्माता अर्जुन कुमार सिनेमा चपली हाइट ३ को रिलिज चैत्र २८ मै गर्ने दौडमा थिए ।

तर, अब यो चलचित्र कहिले रिलिज हुन्छ पत्तो छैन । नेपाली चलचित्र मात्र नभएर, हिन्दी चलचित्र ८३ पनि आजैका दिनबाट रिलिज हुने तयारीमा थियो । तर, अब सबै सिनेमाको रिलिज मिति अन्यौलमा छ ।

For More videos Log on to Mazzako TV