अभिनेत्री वर्षा राउतले सिनेमा क्षेत्रमा ४ बर्ष बिताएको भन्दै खुशी व्यक्त गरेकी छिन् । फिल्म नाई नभन्नु ल ४ बाट वर्षाले यो क्षेत्रमा इन्ट्री गरेकी थिइन् । यसपछि वर्षालाई पछाडि फर्किएर हेर्नु परेको भने छैन् । वर्षाले यसपछि एकपछि अर्को सिनेमामा काम गरिरहेकी छिन् ।

वर्षाले सिनेमा क्षेत्रमा आफुले नाम चलेका फिल्मीकर्मीसँग काम गर्न पाएको भन्दै खुशी जताइन् । उनले आफुले नयाँ परिवार पाएको भन्दै सौभाग्यशाली पनि ठानेको बताएकी छिन् । वर्षाले छक्का पन्जा, छक्का पन्जा २ जस्ता सिनेमामा काम गरेकी छिन् ।

नाई नभन्नु ल ४, जात्रा, जात्रै जात्रा जस्ता सिनेमाकी अभिनेत्री पनि उनी नै हुन् । उनले आफनो भूमिकालाई आउँदो दिनमा अझै परिष्कृत बनाउँदै लैजाने पनि बताएकी छिन् ।

For More videos Log on to Mazzako TV