अभिनेता पल शाहले चलचित्रमा काम गर्ने पाविधिकरुलाई ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेसँगै यसले खुबै चर्चा पायो । उनको यो चर्चासँगै पलले आफु पनि दुख गरेर आएकाले दुख के हो भन्ने थाहा भएको बताए । पल पहिले टेलिभिजनमा काम गर्थे । उनले आफुले पैसा धेरै भएर वितरण नगरेको पनि बताए ।

पलले, पैसा भनेको फेरि पनि कमाइने भन्दै घर भाडा तिर्न नसक्दाको अवस्था के हो भन्ने आफुलाई थाहा भएको बताए । पलले टेलिभिजनमा काम गर्दा आफु पनि घर भाडा तिर्न नसकेर धेरै पटक घरभेडीसँग झगडा गरेको भन्दै यस्तो समयमा सहयोग गर्न आवश्यक रहेको बताए ।

पलले अभिनय गरेको सिनेमा म यस्तो गीत गाउँछु २ रिलिजको क्रममा थियो । तर, कोभीड १९ का कारण उनको यो सिनेमा रिलिज हुन सकेन् ।

For More videos Log on to Mazzako TV