विश्व लक डाउनमा रहेको समयमा नेपालीहरु पनि विगत ९ दिनदेखि लक डाउनमा छन् । लक डाउनका कारण सबै कामहरु ठप्प छन् । यो अवस्थामा नेपाली सिनेमामा काम गर्ने प्राविधिकहरु भने समस्याम परेका छन् ।

दिनभर काम गरेर कमाई गर्ने र त्यसैले जीवन पाल्ने प्राविधिकहरु काम नहुँदा समस्यामा पर्ने नै भए । चलचित्र प्राविधिक संघले प्राविधिकहरुका लागि सहयोग जुटाउने बताएको छ । अध्यक्ष पुष्कर लामाले प्राविधिकहरुका लागि सहयोग जुटाउन अगाडि बढेको र यसमा सहयोग गर्न चलचित्रकर्मीहरुलाई आग्रह गरेका छन् ।

कलाकारहरुका लागि काम गरिरहेका प्राविधिकहरुको दैनिक जीवनयापनका लागि सबैको सहयोगको आवश्यक भएको पुष्करले बताएका छन् ।

For More videos Log on to Mazzako TV