यतिबेला विश्व कोरोना भाइरसको चपेटमा छ । विश्वका कलाकारहरुले सहयोग गरेका खबर सार्वजनिक भैरहेका छन् । नेपालमा पनि केही कलाकारले सहयोग गरेको खबर आइरहेको छ । तर, अभिनेत्री करिश्मा मानन्धरले भने सबै काम कलाकारले नै गर्नुपर्ने हो भन्दै आक्रोश पोखेकी छिन् ।

करिश्माले सरकारलाई भोट दिएर जिताएको के काम भयो भनेर पनि पश्न सोधेकी छिन् । करिश्माको यो कुराको अहिले आलोचना पनि भैरहेको छ । करिश्माले जानुहोस तपाइको भगवान खोज्नुहोस भन्दै दर्शकलाई आक्रोश पोखेको देखिन्छ । करिश्मा नेपाली फिल्मकी चलेकी अभिनेत्री हुन् ।

उनले अहिलेको समयमा यसरी दर्शकसँग आक्रोश पोख्न भन्दा पनि ढाडस र सहानुभुती दिन सक्नुपर्ने हो । तर, करिश्माको यो आक्रोश एउटा नाम चलेको कलाकारको हकमा भने बढी नै हो भन्ने टिप्पणी हुन थालेको छ ।

For More videos Log on to Mazzako TV